नियम २७
आयुक्त पद सम्बन्धी व्यवस्था
(१) अधिकृत क्याडेटले नेपाल वा विदेश स्थित मिलिटरी एकेडेमीबाट अधिकृत आधार तालिम पूरा गरेपछि आयुक्त पद पाउनेछ ।
(२) ऐनको दफा १५ बमोजिम आयुक्त पद पाउने अधिकृत क्याडेटको सेवा अवधि अधिकृत क्याडेट तालिममा सरिक भएको मितिदेखि गणना हुनेछ ।
(३) अधिकृत क्याडेटको जेष्ठताको गणना निजको क्याडेट तालिमको नतीजाका आधारमा सहायक सेनानीको दज्र्यानी चिन्ह पाएको मितिदेखि गरिनेछ ।
(४) अधिकृत क्याडेटको ज्येष्ठताक्रम निर्धारण गर्दा सम्बन्धित वेशिकबाट सबैभन्दा पहिले बिदेशस्थित मिलिटरी एकेडेमीमा अधिकृत आधार तालिमको लागि छनौट भई गएकालाई पहिलो र_त्यसपश्चात्‌ छनौट भई गएकालाई क्रमशः ल्यसर्पाछिको ज्यष्ठता प्रदान गरिनेछ र सोभन्दा पछि स्वदेशको मिलिटरी एकेडेमीबाट अधिकृत आधार तालिम पूरा गरेका अधिकत क्याडेटहरुलाई निजहरुले तालिममा प्राप्त गरेको नतिजाको आधारमा ज्येष्ठताक्रम प्रदातत गरिनेछ ।
तर विदेशस्थित मिलिटरी एकेडेमीमा अधिकृत आघार तालिममा सहभागी भएको अधिकृत क्याडेट सौ तालिमबाट रेलिगेट भई पछाडिको समूहसँग पासआउट भएमा निजलाई निज छनौट भएको वेशिकभन्दा पछिल्लो क्याडेट वेशिकको पहिलो (स्वदेशमा सञ्चालित तालिम) र रेलिगेट भई स्वदेश फिर्ता गरिएको अवस्थामा सा समयमा स्वदेशमा सञ्चालित क्याडेट बेशिकमा सहभागी गराई उक्त तालिममा निजले प्राप्त गरेको प्राप्ताङ्वको आधारमा सोही वेशिकभित्र निजको ज्येष्ठताक्रम निर्धारण गरिनेछ । हुद्दा अधिकृत क्याडेट, पदिक अधिकृत क्याडेट र अधिकृत क्याडेटहरुको सहायक सेनात्तीहरुको ज्येष्ठता अधिकृत सेवा अबधि गणना हुने मितिको आधारमा हुनेछ ।
(५) अधिकृत क्याडेटले तालिम अवधिभर अधिकृत क्याडेटको तलब भत्ता पाउने छन्‌ ।